बालेनमाथि एमालेको आक्रोश, एमाले नेता योगेश भट्टराईले दिए चेतावनी

२०८१ जेठ २२ गते

बालेनमाथि एमालेको आक्रोश, एमाले नेता योगेश भट्टराईले दिए चेतावनी

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए ।

Advertisement:

Ad
Ad

उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो । अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला ।

काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस् । तर, उत्तेजना फैलाएर हुँदैन । तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ ।’ उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोखे ।