२०८३ जेठ ०४ गते
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन ९मर्ज० गरी बन्द गर्ने भएको छ। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको हो।
बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।समायोजनअनुसार चितवनस्थित हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ भने काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग समायोजन हुनेछ। त्यसैगरी खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा गाभिने बैंकले जनाएको छ।
यस्तै गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा समायोजन गरिनेछ भने मधेश प्रदेशको वीरगञ्ज ९लिंकरोड० शाखा आदर्शनगर शाखामा गाभिने बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया