बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता,बैंकबाट पैसा खिच्दै राष्ट्र बैंक

२०८० माघ २३ गते

बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता,बैंकबाट पैसा खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ  । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

गत बिहीबार मात्रै राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिकेको थियो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरी बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ ।

Advertisement:

Ad
Ad

निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।