बबरमहलमा मेलम्ची खानेपानीको फुटेको पाइप मर्मत कार्य सुरु

२०८१ फागुन ०१ गते

बबरमहलमा मेलम्ची खानेपानीको फुटेको पाइप मर्मत कार्य सुरु

काठमाडौं । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

Advertisement:

Ad
Ad

नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरेको हो ।