अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा,९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत

२०८१ वैशाख १७ गते

अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा,९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याएको जनाएका छन् ।सामाजिक सञ्जाल एक्समार्फत उनले वैदेशिक लगानीका लागि उद्योग विभागको वेबसाइट doind.gov.np मा गई निवेदन दिएर लगानी स्वीकृत गराउन सकिने बताएका हुन् ।

स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानीका लागि आवेदन र सीकृत गर्न सक्ने प्रक्रिया सुरु गरेको हो ।

Advertisement:

Ad
Ad

मन्त्री  भण्डारीले लगानी सम्मेलनका अवसरमा उद्योग विभागबाट ९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत भएको पत्र आज तीन जना लगानीकर्तालाई हस्तान्तरण गरिएको बताए । उद्योग विभागमा आएका प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेको हो ।

स्वीकृतमध्ये एउटा ६ अर्बको लगानी प्रस्तावमा चिनियाँ इन्भेस्टमेन्ट कम्पनीमार्फत प्रतिबद्धता जनाइएको छ । अर्को बिजनेस कम्प्लेक्स बनाउने प्रस्ताव छ, जुन ३ अर्बको हुनेछ ।

त्यस्तै तेस्रो लगानी बेलायती लगानीकर्ताले गर्नेछन् । १३ करोडको यो प्रस्तावमा २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने विषय उल्लेख गरिएको छ ।