२०८० मंसिर ३० गते
काठमाडौँ । जाडो मौसम कसैलाइ मनपर्छ, कसैलाई मन पर्दैन। चिसो मौसममा धेरैलाई न्यानो भएर बस्न, तातो खानेकुरा खान मनपर्छ। यो मौसमको छुट्टै विशेषता छ। चिसो मौसममा पनि रोगको प्रकोप हुने गर्छ। रुघाखोकीदेखि निमोनिया, हाड्जोर्नी दुखाई हुनेगर्दछ। श्वास प्रश्वास समस्या भएका बिरामिलाई दमको समस्या बढ्न सक्छ।
यसको साथै जाडो मौसमको असर कहिँ न कतै मानसिक स्वास्थ्यमा समेत जोडिन पुग्छ। मानसिक समस्या हुनुमा यो मौसममा घाम देख्न नपाउनु पनि मूख्य कारण हो। जसको कारणले डिप्रेसन जस्तो मानसिक समस्या देखिन सक्छ।
यस किसिमको डिप्रेसनलार्ई हामी सिजनल डिप्रेसन पनि भन्ने गर्दछौँ। यद्यपि घाम नताप्दै डिप्रेसन हुने भन्ने चाहिँ होइन।घामको कमिले हाम्रो दिमागको केमिकल र बायोलोजीकल घडिलाइनै (बायोलोजीकल क्लक)ले हाम्रो मुड, खुसी, निन्द्रालाई ब्यालेन्स गर्द्छ सोही कारण शरिरलाई पर्याप्त घाम नहुँदा अनियन्त्रित गर्नसक्छ।
घामबाट मानिसलाई प्रचुर मात्रामा भिटामिन डि प्राप्त हुन्छ । यसको कमिले खुसी बनाउने हार्मोन सेरोटोनिनलाई पनि असर गर्द्छ जस्को कारणले मन उदासी हुने, रमाइलो नलाग्ने, निन्द्रामा समस्या आउने,आत्महत्याको सोच आउने हुने गर्छ।
त्यसो भए जाडोयामको डिप्रेसनबाट कसरी बच्ने त ?
१. जतिसक्दो घामको ताप लिनुस् –दिनमा जतिबेला घाम लाग्छ,त्यो बेला सक्दो घाममा बस्नुहोस्। कोठामै पनि पर्दाहरु खोलेर राख्नुहोस्। घामको प्रकाशले हाम्रो शरीरमा सेरोटोनिन हार्मोनको मात्रा बढाउँदछ। जसले हाम्रो दिमागलाई सन्लित राख्दछ।
२. नियमित ब्यायाम गर्नुहोस्– चिसो मौसम एउटा बाहना हुन सक्छ, ब्यायाम गर्न नजानुमा।तर एकदम चिसोमा ब्यायाम गर्नैपर्छ भन्ने छैन। आफुलाई पायेकपर्ने समयमा हप्ताको ४-५दिन गर्दा पनि हुन्छ ।ब्यायाम गर्नाले यन्डोर्फिन भनिने हारमोन उत्पादन हुन्छ। जसले हामीलाई आनन्दित र मन आत्मविश्वासिलो बनाईराख्छ ।
३. प्रशस्त आराम गर्नुहोस्– हामी हाम्रो दिमागलाई जति आराम दिन्छौँ,त्यतिनै हामी उर्जाशिल र खुसी हुन सक्छौं ।त्यसैले ७/८घेन्टा सुत्नाले मन र शरीरमा ब्यालेन्स बनि राख्छ।हामिले यसका साथै पोसिलो खाना र प्रसस्त पानी पनि पिउने गर्नुपर्दछ।
४. मनको कुरा भन्ने गर्नुस् - आफ्नो परिवारजन तथा साथीहरूलाई मनमा लागेको कुराहरु सेयर गर्नुहोस्। यसले गर्दा मन हलुका हुन्छ र केही नराम्रो भैरहेको भए सहयोगी हातपनि भेटिन्छ्न्।
५. चिकित्सकको सल्लाह लिनुहोस् - आफुलाई धेरै गारो भएमा जस्तै निरन्तर उदासी हुनु,एक्लै बसेर रोइराख्नु , आत्महत्याको सोच आइराखेमा तुरुन्त चिकित्सक भेट्न जरुरी हुन्छ।
अहिले डिप्रेसनको उपचार गर्ने धेरै माध्यम र तरिकाहरु छ्न्। औषधिको प्रयोग बाहेक कग्निटिभथेर्यापी, इ.सि.टि. आर.टि.यम.यश, केटामिन थेर्यापी आदि।
- डा.दिनेश रिजाल
प्रतिक्रिया