अरूण चाैधरीकाे बाँसबारी छालाजुत्ताको जग्गा हत्याउने उद्देश्य : केन्द्रीय अनुसन्धान ब्यूरो

२०८० माघ १९ गते

अरूण चाैधरीकाे बाँसबारी छालाजुत्ताको जग्गा हत्याउने उद्देश्य : केन्द्रीय अनुसन्धान ब्यूरो

काठमाडौँ । अरुण चौधरी सहित अन्य २ जनालाई पक्राउ गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गाका विषयमा तीन महिना लामो अनुसन्धान गरिसकेकाे बताएकाे छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सीआईबीले लामो अनुसन्धानपछि मात्र उनीहरूलाई पक्राउ गरेकाे दाबी गरेकाे हाे ।

Advertisement:

Ad
Ad

कारखानाका तत्कालीन सञ्चालक अजितमान सिंह थापाले २०४३ काे भदौ १० मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्द्धन सम्झौता गरेकाे समेत सीआईबीले खुलाएकाे छ । बाँसबारी छाला उद्योगकाे नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये उद्योगले च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएको थियो ।

उक्त सम्झौता अनुसार बाँसबारी छाला उद्योगकाे जग्गा प्रति रोपनी २ लाख ५० हजारको दरले कुल लगानी २६ लाख लगानी र च्याम्पियन फुटवेयरकाे ५० लाख रूपैयाँ  लगानी रहेकाे छ ।

जसमध्ये अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने थियाे । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ता कारखानाले २६ लाख बढी लगानी गरेको पाइएको सीआईबीले बताएकाे छ ।

यसैगरी, चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्‍याएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाखमात्र लगानी भएको पाइएकाे सीआईबीकाे भनाइ छ । चौधरी समूहले ८ लाख मात्र लगानी गरेकाे बताएपनि त्यसमा सर्वसाधरणको शेयर भने खुलाएकाे थिएन ।  सीआईबीका अनुसार त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखियाे।सीआईबीका अनुसार सम्झौतामा बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द रहेकाे छ । त्यो कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले नै किनेको भन्दै सीआईबीले सिंगो योजना जुत्ता कारखाना गरेर शेयर अनुसार लगानी गर्ने भन्दा पनि बाँसबारी छालाजुत्ताको जग्गा लिने उद्देश्य देखिएकाे उल्लेख गरेकाे छ ।

बिहीबार सीआईबीले व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ ।