२०८० पुस १० गते
भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएकोले अर्थतन्त्र सुधार हुने पक्का भएको बताएका हुन् ।
मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएकोले अर्थतन्त्र सुधार हुने पक्का भएको बताएका हुन्। ‘शेयर बजार बिस्तारै माथि गइरहेको छ, घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रीकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ,’ उनले भने ।
उनले विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको जनाउँदै अहिले त्यसमा सुधार आएको पनि बताए ।
“अहिले लगानीका लागि आर्थिक समस्या हुने अवस्था छैन । मात्रै विश्वासको वातावरण बनाउन सकिए अहिले जनस्तरबाटै आर्थिक चलायमान गराउन सकिने छ”, उनले थपे । बैंक तथा वित्तीय सस्ताहरूले क्रमशः ब्याजदर घटाउँदै लगेको अवस्थाले पनि अब लगानीको सुनिश्चित बढाउने विश्वास गर्न सकिन्छ ।”
प्रतिक्रिया