२०८२ चैत ०२ गते
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको नागरीक सरकारका अर्थमन्त्री रामेश्वर खनालको कार्यशैलीलाई धेरैले मन पराएका छन् ।
विशेषगरी देशको अर्थतन्त्र र अर्थनीतिका ज्ञाता मानिने खनाल अर्थसचिव समेत भएर काम गरिसकेका व्यक्ति हुन् । उनले देशको अर्थतन्त्रलाई नजिकबाट नियालेका छन् । यसअघिका अर्थमन्त्री विष्णू पौडेलले अर्थतन्त्र सुधारका लागि सुझाव दिन बनाएको कार्यदलको संयोजक भएर कसरी अर्थतन्त्र सुधार्ने भनेर सुझाव समेत दिएका थिए ।
निर्वाचन समेत भइसकेको अवस्थामा नागरीक सरकार बर्हिगमनको पूर्वसन्ध्यामा छ । यसैविच अहिले रामेश्वर खनाललाई नयाँ सरकारले अर्थमन्त्रीमा दोहार्याउनुपर्ने चर्चा चलिरहेका छन् । तर अर्थमन्त्री स्वयमलाई चाहि फेरी अर्थमन्त्री बन्ने सिग्नल प्राप्त भएको छ की छैन भन्दै गरिएको प्रश्नमा उनले आफु फेरी अर्थमन्त्री बन्न नचाहेको बताए ।
आफुलाई अब अर्थमन्त्रीको रुपमा भन्दा पनि बाँकी जीवनको स्वथताको शुभ कामना गरिदिए पुग्ने खनालले बताए ।
प्रतिक्रिया