२०८० फागुन २८ गते
काठमाडौं । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वर्षमान पुनले पूँजिबजार सुधार गर्ने संकेत गरेका छन् । उनको निर्देशनमाअर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेको छ । सुझाव ७ दिनमा पठाउन भनिएको छ ।
‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एंव त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुहुुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेलगत्तै सेयर बजारमा भएका नीतिगत विषयलाई करेक्सन गरेर अगाडि बढ्ने बताएका थिए । उनले ६० लाख लगानीकर्तालाई ढुक्कसँग शेयरबजारमा लगानी गर्ने वातावरण तयार गर्न आफु लागिपर्ने बताउँदै आएका छन् । मन्त्री पुनले बोर्ड, नेप्से, सिडिएससीसँग सुझाव मागेको भएपनि ब्रोकर, लगानीकर्तासँग भने सुझाव मागेका छैनन् । बजार सुधारका लागि बोर्ड, नेप्से, सिडिएससीसँगै लगानीकर्ता, ब्रोकरको सुझाव पनि महत्वपूर्ण हुने लगानीकर्ता बताउँछन् ।

प्रतिक्रिया