२०८० माघ १४ गते
काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि हुने भएको छ ।
अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुने जनाएको हो । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।
लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।
प्रतिक्रिया