अमेरिकी डलर हालसम्मकै महँगो,भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर

२०८० मंसिर १० गते

अमेरिकी डलर हालसम्मकै महँगो,भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर

काठमाडौँ । अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। गत बुधबार १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको डलरको भाउ, यस दिन सोभन्दा पनि महँगिएको हो।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार आज अर्थात आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेको छ। अघिल्लो रेकर्डभन्दा यस दिन डलरको भाउ २ पैसा बढेको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ।

Advertisement:

Ad
Ad

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।