'अमेरिकाले ल्याएको नयाँ ट्रेड नीतिले नेपाललाई प्रसव पिडामा पुर्यायो'

२०८२ जेठ २९ गते

'अमेरिकाले ल्याएको नयाँ ट्रेड नीतिले नेपाललाई प्रसव पिडामा पुर्यायो'

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् ।  बुधबार नेपाल अमेरिका व्यापार : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् ।

 उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व संध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’  उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ । हामी प्रसव पिडामा छौ ।

Advertisement:

Ad
Ad

यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर । हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ ।’  मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभईकन अर्थतन्त्रमा नयाँखालको प्रगति गर्ने अवस्था नरहेको बताए ।