आज टि ट्वान्टी विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रीका भिड्दै

२०८१ असार १५ गते

आज टि ट्वान्टी विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रीका भिड्दै

एजेन्सी । आइसिसी टि ट्वान्टी विश्वकपको आज हुने फाइनलमा भारत र दक्षिण अफ्रीका मध्य एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ।

नेपाली समय अनुसार राति ८:१५ बजे बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् । जारी विश्वकपमा यी दुई टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन् ।

Advertisement:

Ad
Ad

यस टि ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो । समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो।

दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ । भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक आइसीसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । टि ट्वान्टी विश्वकपमा भारतको यो तेस्रो फाइनल हो ।

भारतले सुपर एटमा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।