अन्ततः अमेरिका भ्रमणमा नजाने भए खेलकुदमन्त्री गुप्ता

२०८२ पुस २५ गते

अन्ततः अमेरिका भ्रमणमा नजाने भए खेलकुदमन्त्री गुप्ता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनको सचिवालयका अनुसारमन्त्री गुप्ता अमेरिका नजाने तय भएको हो ।

 

Advertisement:

Ad
Ad

सचिवालयले मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे विभिन्न विवाद उत्पन्न भएपछि  भिसा आवेदन दिन ढिलाई भएकाले हाललाई जाने कार्यक्रम स्थगित भएको जनाएको छ । 

 

मन्त्री गुप्ताले नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।