विवादमा आएपछि बल्लु गुप्ताले लेखेः 'राजनीतिको खेल बल्ल बुझ्दैछु'

२०८२ पुस २५ गते

विवादमा आएपछि बल्लु गुप्ताले लेखेः 'राजनीतिको खेल बल्ल बुझ्दैछु'

काठमाडौं । वैदेशिक भ्रमणलाई लिएर विवादमा आएका यूवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सामाजिक सञ्जालमा सांकेतिक शब्द लेखेका छन् ।

फाइनल्ली एक्सपेरियन्सिङ पोलिटिक्स अर्थात अन्ततः राजनीतिलाई अनुभव गर्दै भनेर लेखिएको  उनको सो स्ट्याटसले विदेश भ्रमणको विषयलाई विवादित बनाइएको अर्थात राजनीति भएको सांकेतिक अर्थ दिएको छ ।

Advertisement:

Ad
Ad

 
एनआरएनए–अमेरिकाको निम्तोमा अमेरिका जान लागेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अर्कोले निम्तो नगरेको भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको थियो। विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन्।

तर अर्को एनआरएनए–अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषय थप विवादित बनेको छ । सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको थियो ।