अघोषित रुपमा रोकिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि अर्थमन्त्रालयद्धारा करिब १० अर्ब निकासा

२०८२ असोज ०४ गते

अघोषित रुपमा रोकिएको  सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि अर्थमन्त्रालयद्धारा करिब १० अर्ब निकासा

काठमाडौ । अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएयता अर्थतन्त्रको गाठो धमाधम फुकाउँन लािगपरेका छन् । शुक्रबार मात्र सेयर बजार सुधार्न  अध्ययन समिति गठन गर्ने निर्णय गरेका खनालले शनिवार फेरी अर्को निर्णय गरेका छन् । उनले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान वापत झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छन् ।

 

Advertisement:

Ad
Ad

अर्थमन्त्री खनालको संयोजकत्वमा शनिबार बसेको मन्त्रीस्तरीय निर्णयबाट ब्याज अनुदान वापत ९ अर्ब ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराएको अर्थमन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले बताएका छन् । 


प्रवक्ता पाण्डेयका अनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनको लागि दोश्रो त्रैमासिक अवधीमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरेर ७ वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान वापत उक्त रकम उपलब्ध गराइएको हो ।

सरकारले अनुदानको ब्याज सोधभर्ना दिन नसकेपछि पछिल्लो २ वर्षदेखि सहुलियतपूर्ण कर्जा अघोषित रुपमा रोकिएको थियो ।