अधिक तरलताका कारण बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

२०८१ चैत २७ गते

अधिक तरलताका कारण बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ। राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलताका कारण निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

यस प्रयोजनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

Advertisement:

Ad
Ad

यो २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।