अबिरल बर्षाले देशभर १०५.४ मेगावाटको १३ आयोजनाको बिजुली उत्पादन अवरुद्ध

२०८२ असोज १९ गते

अबिरल बर्षाले देशभर १०५.४ मेगावाटको १३ आयोजनाको बिजुली उत्पादन अवरुद्ध

काठमाडौ ।  दुई दिनको अविरल बर्षकाका कारण देशभर बाढी तथा पहिरो आएको छ । जसका कारण  देशभरका १०५.४ मेगावाटको १३ आयोजनाको बिजुली उत्पादन अवरुद्ध भएको छ ।

 भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गरेर विद्युतमा भएको क्षतिको विवरण सार्वजनिक गरेका छन् । 

Advertisement:

Ad
Ad

बिजुली उत्पादन बन्द गरेका सबै १३ वटै आयोजना इलाममै रहेको छ । मन्त्रालयका अनुसार बाढी, पहिरो र डुवानका कारण इन्टेक, पावर हाउस, सवस्टेशन, कल्भर्ट, हेडवक्र्स, एरियल गेट, प्रोटेक्सन वाल, टेलरेस, प्रशारण लाइन, डिसेन्डरलगायतका क्षति पुरयाएकाले १३ वटा जलविद्युत आयोजनाको बिजुली उत्पादन बन्द भएको हो ।


इलामको ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखेला क्यासकेड, २२ मेगावाटको माइखोला, ७ मेगावाटको माइखोला क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई एक क्यासकेड र ७.६ मेगावाटको जोगमाई खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

यस्तै ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माइबेनी हाइड्रोपावर, ९.९ मेगावाटको माथिल्लो माइखोला र ५.१ मेगावाटको माइसी क्यासकेड जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । 


यी हुन क्षति भएका आयोजना