अभिनेत्री रेखा थापा दम्पतीले अमेरिकामा गरे ‘बेबी सावर’

२०८० माघ ०९ गते

अभिनेत्री रेखा थापा दम्पतीले अमेरिकामा गरे ‘बेबी सावर’

काठमाडौं । नयाँ सन्तानको पर्खाइमा रहेका अभिनेत्री रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले आफ्ना आफन्तका साथमा ‘बेबी सावर’गरेका हुन् ।

रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् ।

Advertisement:

Ad
Ad

सन्तानको उपहार त भइहाल्यो, फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शन तयारीमा छ । उनले अमेरिकाबाटै फिल्मको भर्चुअल प्रचारप्रसार गरिरहेकी छन् ।