आलु र धान बालीमा अनुसन्धान गर्न समन्वय समिति गठन गर्ने नवनियुक्त कृषिमन्त्री परियारको घोषणा

२०८२ असोज ०६ गते

आलु र धान बालीमा अनुसन्धान गर्न समन्वय समिति गठन गर्ने नवनियुक्त कृषिमन्त्री परियारको घोषणा

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन् । 


पदभार ग्रहणपछि उनले  निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै शासकीय सुधार र बेथिति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 
उनले भने, ‘चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिने छ । जसरी पनि हामी यो पूरा गर्ने तर्फ लाग्नु पर्छ । अर्को कुरा शासकीय सुधार गर्न सकिन्छ कि र बेथिति रोक्न भन्ने जुन ‘म्यान्डेट’ छन् त्यो  पूरा गर्न मेरो प्राथमिकता हुने छ ।’

Advertisement:

Ad
Ad


साथै, उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर समेत गरेका छन् ।