२०८२ असोज १९ गते
काठमाडौ । आजको (असोज १९) मौसम कस्तो रहन्छ भन्ने बारे मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । यस्तो छ आजको मौसम :
दिउँसो
कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागहरुमा आँशीक बदली रहने छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातको मौसम
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ।
प्रतिक्रिया