आज दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी

२०८२ असोज १९ गते

आज दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी

काठमाडौं । दशैंको टीकाको चौथो दिन आज पनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।


घटस्थापनाका दिन विधिपूर्वक दशैंघरमा राखिएको जमरा र टीका प्रसाद स्वरुप अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा छ । यस वर्ष विजयादशमीको भोलिपल्ट शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूलाई असर गरेको छ ।

Advertisement:

Ad
Ad

 
मौसमका बाबजुद पनि टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले बढेको छ । भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।