आज सुनचाँदीको मूल्य घट्यो

२०८२ पुस १६ गते

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement:

Ad
Ad