२०८१ मंसिर १४ गते
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षको हुनेछ । सिइओ खड्का नुवाकोटा जिल्ला घर भई हाल ललितपुर जिल्ला महालक्ष्मीस्थान, लुवु निवासी रहेको समेत कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया