एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ

२०८२ मंसिर १० गते

एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् जसको उद्देश्य एआईसमर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो

ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार, यो मिसनले संघीय निकायहरूमा रहेको दशकौँ लगानीबाट संकलित विश्वकै सबैभन्दा ठूलो वैज्ञानिक डाटासेट प्रयोग गरी एकीकृत एआई प्लेटफर्म निर्माण गर्नेछ

Advertisement:

Ad
Ad

विज्ञप्तिमा भनिएको ,जेनेसिस मिसनले संघीय वैज्ञानिक डाटासेटहरूको उपयोग गरी ठूला वैज्ञानिक फाउन्डेशन मोडेल प्रशिक्षण गर्ने, एआई एजेन्ट विकास गर्ने, नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्धान प्रक्रिया स्वचालित बनाउने वैज्ञानिक उपलब्धिहरूलाई तीव्र पार्नेछ

यो पहलअन्तर्गत देशभरका राष्ट्रिय प्रयोगशालाहरू, विश्वविद्यालयहरू, निजी कम्पनीहरू, अनुसन्धान पूर्वाधार, डेटा भण्डारण केन्द्र, उत्पादन उद्योग राष्ट्रिय सुरक्षा संस्थानहरूलाई एकै स्थानमा जोडिनेछ मिसनले वैज्ञानिक खोज, राष्ट्रिय सुरक्षा, ऊर्जा क्षमता, कार्यबल उत्पादकता तथा करदाताको लगानीको प्रतिफललाई उल्लेखनीय रूपमा बढाउने लक्ष्य लिएको

जेनेसिस मिसनको केन्द्रमा अमेरिकी साइन्स एण्ड सेक्युरिटि प्लेटफर्म रहनेछ, जसले उच्च क्षमता कम्प्युटिङ संसाधन, एआई मोडेलिङ उपकरण, विषयविशेष फाउन्डेशन मोडेल, सुरक्षित संघीय डाटासेट पहुँच तथा एआईसक्षम अनुसन्धान उपकरण उपलब्ध गराउनेछ यसका लागि अमेरिकी ऊर्जा मन्त्रालयका सुपरकम्प्युटर, सुरक्षित क्लाउड प्रणाली तथा उन्नत एआई प्रविधि प्रयोग गरिनेछ

यस मिसनले सरकारी निकायबीच समन्वय, विश्वविद्यालय उद्योगसँग सहकार्य, प्रतिस्पर्धात्मक अनुसन्धान कार्यक्रम तथा एआई, डेटा वा कम्प्युटिङ क्षमतामा दक्ष बाह्य साझेदारहरूसँग सुरक्षित साझेदारी सुनिश्चित गर्नेछ

एएनआई