नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको नयाँ आईजीपी

२०८३ वैशाख १४ गते

नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको नयाँ आईजीपी

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

 

Advertisement:

Ad
Ad

हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकको मानव स्रोत विभाग प्रमुख रहेका पौडेलले १८ वैशाखपछि औपचारिक रूपमा संगठनको कमाण्ड सम्हाल्ने छन्।

 

त्यसै दिन वर्तमान आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जानेछन्। अर्यालको कार्यकाल सकिएसँगै पौडेलले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्नेछन्।