ग्रीन डेभलपमेन्ट बैंकको ८.४६ प्रतिशत लाभांश घोषणा

२०८२ मंसिर ११ गते

ग्रीन डेभलपमेन्ट बैंकको ८.४६ प्रतिशत लाभांश घोषणा

 

काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर तिर्न ०.४२३१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

Advertisement:

Ad
Ad

मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको पारित भएपछि लगानीकर्ताहरूले प्राप्त गर्नेछन्।