२६ सयको बिन्दु छोएर दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

२०८१ साउन ०९ गते

२६ सयको बिन्दु छोएर दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

काठमाडौँ । लगातार छ दिन बढेको शेयरबजारमा आज लगानीकर्ताले प्रोफिट बुक गरेका छन् । यस दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २७.३२ अंकले घटेर २५३६.११ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेर २६ सय अंक सम्म पुगेको नेप्से अन्ततः १.०६ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य दुई वटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि १२ वटा उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.१६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ३.०९ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन १४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३११ वटा स्टकको एक लाख ८८ हजार पटकको कारोबारमा १६ अर्ब २० करोड रुपैयाँ बराबरको चार करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ४६ वटा कम्पनी बढेका छन् भने १९४ वटा कम्पनी घटेका छन् । त्यसै गरि दुई कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा बोटलर्स नेपाल बालाजु, सम्वृद्धि फाइनान्स र एसियन हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मान्डू हाइड्रोपावर रह्यो जसको शेयरमा ९.०२ प्रतिशतको गिरावट आएको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रह्यो जसको ३६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अप्पर तामाकोशी हाइड्रोपावर रह्यो जसको १३ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ ।