१ करोड २७ लाख खुद नाफा आर्जन गरेको शिवम् सिमेन्टको प्रतिसेयर नेटवर्थ कति छ ?

२०८१ कात्तिक २९ गते

१ करोड २७ लाख खुद नाफा आर्जन गरेको शिवम् सिमेन्टको प्रतिसेयर नेटवर्थ कति छ  ?

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ व्यहोरेको थियो।

कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको तुलनामा १३.५९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

Advertisement:

Ad
Ad

कम्पनीको अन्य आम्दानी भने बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड १२ लाख रुपैयाँ रहेको अन्य आम्दानी बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म २४ करोड ५४ लाख रुपैयाँ बराबरको खर्च गरेको कम्पनीले चालु आवसम्म १८ करोड ९३ लाख रुपैयाँ बराबरको खर्च गरेको छ ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ बराबरको चुक्तापुँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३.६० रुपैयाँ र तरलता अनुपात १.६५ गुणा कायम भएको छ ।