२०८२ असोज २१ गते
‘काठमाडौँ । मंगलबार जेनजी’प्रतिनिधीका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेजको माग र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्ष नेतालाई पक्राउ गर्न चौतर्फी दबाब बढाउन थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयमा प्रहरी को संख्या बढाइएको हो। अनामनगर, सिंहदरबार,बबरमहल,भद्रकाली लगायत प्रमुख प्रशासकीय अड्डाका वरिपरी सुरक्षाकर्मी बाक्लो मात्रामा तैनाथ गरिएको छ ।
जेनजीको एक समूहले मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदन समेत दर्ता गराएको छ।ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमबार ९असोज २०० साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी थिइन्।
प्रतिक्रिया