२०८३ वैशाख ११ गते
काठमाडौँ । नयाँ सरकार गठनपछि लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी–व्यवसायीमाथि बढ्दो धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको भन्दै व्यवसायिक संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नियामक निकायको प्रतिवेदनकै आधारमा उद्योगीलाई पक्राउ गर्नुले समग्र निजी क्षेत्र त्रसित बनेको छ। आर्थिक कसुरका विषयमा पहिला सुनुवाइ गरी दोष प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने उनीहरूको माग छ।निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको अवस्थामा यस्ता गतिविधिले रोजगारी, आपूर्ति प्रणाली र बैंकिङ क्षेत्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नीति बनाउने तयारी गरिरहेकै बेला भइरहेको धरपकडले लगानीकर्ताको विश्वास कमजोर बनाउने उनीहरूको भनाइ छ।
दोषीलाई कारबाही गर्नुपर्नेमा असहमति नभए पनि संविधानले दिएको अधिकारको सम्मान गर्न निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ।नयाँ सरकार गठनपछि लगानीमैत्री वातावरण बन्ने अपेक्षाबीच निजी क्षेत्रमाथि भइरहेको धरपकड र थुनछेकप्रति उद्योगी–व्यवसायीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिले निजी क्षेत्र निरुत्साहित भएको बताएका हुन्। अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्र त्रसित हुँदा समग्र अर्थतन्त्र, रोजगारी र राजश्वमा नकारात्मक असर पर्ने उनीहरूको चेतावनी छ।
संस्थाहरूले आर्थिक कसुरका मुद्दामा पहिले सुनुवाइ गरी प्रमाणित भएपछि मात्र कारबाही गर्ने अभ्यास अपनाउन सरकारसँग आग्रह गरेका छन्। अनुसन्धानमा सहयोग गर्न तयार हुँदाहुँदै पनि पक्राउ गरिनु गलत सन्देश जाने उनीहरूको भनाइ छ।
निजी क्षेत्रले दोषी प्रमाणित व्यक्तिलाई कारबाही गर्नुपर्नेमा सहमति जनाउँदै संविधानले सुनिश्चित गरेको अधिकारको सम्मान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। साथै, वर्तमान स्थिर सरकारको कार्यकालमा लगानी वृद्धि र व्यवसायीमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया