२०८३ वैशाख ०३ गते
टर्कीको दक्षिणी कहरामानमारसमा एक विद्यालयमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
गृहमन्त्री मुस्तफा सिफ्ट्कीका अनुसार १४ वर्षीय विद्यार्थीले आफ्नै बुबाको बन्दुक विद्यालयमा ल्याएर अन्धाधुन्ध गोली चलाएका थिए। उनले दुई वटा कक्षामा प्रवेश गरी आक्रमण गरेका थिए।
घटनापछि आक्रमणकारीको मृत्यु भएको छ भने उनका आमाबुबालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले इलियट रोडगर बाट प्रभावित भएको देखिएको छ।यस घटनाअघि सान्लिउर्फामा पनि अर्को विद्यालयमा गोलीकाण्ड हुँदा १६ जना घाइते भएका थिए।
राष्ट्रपति रेसेप तैयप एर्दोगनले घटनाप्रति दुःख व्यक्त गर्दै विस्तृत अनुसन्धानको आश्वासन दिएका छन्। लगातार यस्ता घटनापछि टर्कीमा विद्यालय सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
प्रतिक्रिया