ट्रम्प र मोदीबीच स्ट्रेट अफ हर्मुज नाकाका विषयमा फोनवार्ता

२०८३ वैशाख ०२ गते

ट्रम्प र मोदीबीच स्ट्रेट अफ हर्मुज नाकाका विषयमा फोनवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्ट्रेट अफ हर्मुजका विषयमा फोनवार्ता भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले एक्समा लेखेअनुसार दुवै नेताबीच मंगलबार फोनवार्ता भएको हो।मोदीले एक्समा भनेका छन्,‘मलाई मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो, हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहयोगमा भइरहेको महत्वपूर्ण प्रगतिको समीक्षा गर्‍यौं ।’

Advertisement:

Ad
Ad

उनले व्यापक वैश्विक रणनीतिक साझेदारीका सबै क्षेत्र बलियो बनाउनका लागि प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।

मोदीले पश्चिम एसियाको स्थितिबारे पनि ट्रम्पसँग कुराकानी भएको बताएका छन्। उनले भनेका छन्, ‘हामीले पश्चिम एसियाको स्थितिमा पनि चर्चा गर्‍यौं । होर्मुज स्ट्रेट खुला र सुरक्षित बनाइराख्न जोड दियौं।’