२०८३ वैशाख १३ गते
काठमाडौँ । वाशिंगटन, डीसीमा ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोज कार्यक्रमस्थल नजिकै गोली चलेको छ । संदिग्ध व्यक्तिलाई प्रहरलिे पक्राउ गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा कार्यक्रमस्थलबाट बाहिर निकालेका छन् ।
शनिबार साँझ कार्यक्रम सुरु हुनुभन्दा अगाडि अमेरिकी राष्ट्रपति र उनकी पत्नी मेलानिया ट्रम्प बसेको बलरूम बाहिर गोली चलेको आवाज सुनिएपछि ट्रम्पलाई वाशिंगटन हिल्टन होटलबाट हतार हतार बाहिर निकालिएको थियो।ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्टमा आफू र आफ्नो मन्त्रिपरिषद् सुरक्षित रहेको र चाँडै नै ह्वाइट हाउसबाट पत्रकार सम्मेलन गर्ने बताएका छन्।
कार्यक्रममा सहभागी तथा उच्च पदसथ अधिकारीका परिवार आत्तिएर खाना खाँदै गरेको टेबलमुनी लुक्न पुगेका थिए । ४० वर्ष अघि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई सोही होटलमा मारिएको थियो । यो घटनाले त्यस्तै प्रकृतिको पुनरावृत्ति गराउन खोजिएको सुरक्षाकर्मीहरुले अनुमान गरेका छन् ।
ट्रम्पले अमेरिकी गोप्य सेवा र सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् ।'उनीहरूले छिटो र साहसका साथ काम गरे,' ट्रम्पले भने।
प्रतिक्रिया