टीकाको साइत आज बिहान ११बजेर ५३ मिनेटमा,टीका लगाइदिने पश्चिम र लगाउने पूर्व फर्किन उत्तम

२०८२ असोज १६ गते

टीकाको साइत आज बिहान ११बजेर ५३ मिनेटमा,टीका लगाइदिने पश्चिम र लगाउने पूर्व फर्किन उत्तम

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएको छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । 

समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ।

Advertisement:

Ad
Ad

आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

आजै अपराह्न १२,१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने जानकारीसमेत समितिले दिएको छ । साथै, अपराह्न १ः४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले हस्ताक्षर गरी जारी गरेको सूचनामा यस वर्षको दशैंमा देवी विसर्जनदेखि टीका, जमरा ग्रहणसम्मको सबैजसो धार्मिक कर्मकाण्ड शुभ साइतमा गर्न सकिने जनाइएको छ ।