२०८२ भदौ ०५ गते
काठमाडौँ । टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल नाडा अटो शोमा आकर्षणको केन्द्र बनेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा सिप्रदी ट्रेडिङले यसको आधिकारिक बिक्री सुरु गरेको हो।टाटाको नयाँ जेनेरेशन सफारी उच्च प्रविधि (हाइटेक) फिचरका कारण अहिले बजारमा चर्चित बनेको छ।

टाटाको ओमेगा आर्किटेक्चरमा आधारित यो एसयूभी ल्याण्डरोभरको डीकी प्लेटफर्मबाट प्रेरित छ। यसमा यात्रुको सुविधा विशेष ध्यान दिइएको छ, जहाँ 'बोस मोड'जस्ता विशेष सुविधा समावेश गरिएको छ। बोस मोडले अगाडिको सिट अगाडि बढाउँदा पछाडि बसेको यात्रुलाई हुने असहज अवस्थालाई सहज बनाउँछ, जसले सिटलाई पछाडिबाटै मिलाउन सकिने बनाउँछ।
यस्ता छन् यसका मूख्य विशेषताहरु
ड्युल जोन भ्वाइस असिस्टेड पूर्णतस् अटोमेटिक एअर कन्डिसनिङ सिस्टम रहेको ।
६ तर्फ मोड्न सकिने पावर एड्जस्टेबल ड्राइभर सिट, मेमोरी फंक्शन र 'वेलकम' फिचर रहेको ।
९ वटा विश्व प्रख्यात कम्पनी जेबिएलको ४ स्पिकर, ४ ट्वीटर र सबवुफर रहेको ।
भ्वाइस असिस्टेड पानारोमिक सनरुफ र मूड लाइटिङको सिस्टम रहेको ।
३६० डिग्री सर्भाउन्ड भ्यू क्यामेरा सिस्टम जडान हुनुका साथै वायरलेस चार्जर,इलेक्ट्रोनिक पार्क ब्रेक, अटो होल्ड फिचरसहित नयाँ सफारीमा आईआरए कनेक्ट कार टेक फिचर दिएको छ । यसमा सेफ्टी फिचर, मनोरञ्जन र डाइनोस्टीक फिचर चलाउन सकिन्छ । आरामदायी सिटको प्रयोगले लामो यात्रा गर्दा पनि यात्रुलाई थकान महशुस हुँदैन ।
नयाँ सफारीको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा रहेका छन् ।
नयाँ सफारीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।
कति छ मूल्य ?
नाडा अटो शोमा टाटा सफारीका तिनवटा भेरियन्ट सार्वजनिक गरिएको छ । जसमा एकम्प्लिस्ड प्लस एमटीको मूल्य १ करोड २१ लाख ९९ हजार, एकम्प्लिस्ड प्लस एटीको मूल्य १ करोड २९ लाख ९९ हजार र एकम्प्लिस्ड प्लस डार्क एटीको मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया