२०८२ भदौ २७ गते
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको नयाँ सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । जेनजी आन्दोलनका कारण केपी ओली सरकार अपदस्थ भएपछि अन्तरिम सरकारको नेतृत्वमा कसलाई राख्ने विविध छलफलका बीच राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।यो सँगै प्रतिनिधी सभा पनि विघटन भएको छ ।
आन्दोलनरत जेनजी युवाहरुले संसद विघटनको मुद्दामा अडान नछाडेपछि अन्ततः राष्ट्रपति संसद विघटन गर्ने विषण्मा सहमत भएका हुन् ।राष्ट्रपति पौडेलले अहिले ९ बजे कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यतिखेर राष्ट्रपति कार्यालय शितलनिवासमा विशिष्ठ व्यक्तिहरुको आवागमन शुरु भएको छ ।आज नियुक्तीपछि प्रधानमन्त्री कार्कीले भोलि थप मन्त्रीमण्डल गठन गर्ने बताइएको छ ।
प्रतिक्रिया