क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सूर्यज्योति इन्स्योरेन्सले सरकारलाई दियोे १ करोड ५०लाखको चेक

२०८२ असोज २१ गते

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सूर्यज्योति इन्स्योरेन्सले सरकारलाई दियोे १ करोड ५०लाखको चेक

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनको क्रममा क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि सूर्यज्योति इन्स्योरेन्सले सरकारलाई १ करोड ५०लाख नगद सहयोग गरेको छ  ।पुनर्निर्माणको लागि सरकारले पूर्वाधार पुनर्निमाण कोष स्थापना गरी योगदान गर्न अपिल गरेको थियो ।  

 

Advertisement:

Ad
Ad

सरकारको अपिललाई साथ दिन मंगलबार कम्पनीका प्रतिनिधीले अर्थमन्त्री रामेश्वर खनाललाई भेटी चेक हस्तान्तरण गरेका हुन् ।सूर्यज्योति इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत समय समयमा सर्वसाधारण नागरिक तथा सरकारलाई सहयोग गर्दै आएको छ  ।