सुनको मूल्य तोलामा १५०० रुपैयाँले घट्यो, कति पुग्यो आज ?

२०८२ माघ ०१ गते

सुनको मूल्य तोलामा १५०० रुपैयाँले घट्यो, कति पुग्यो आज ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो । 

 

Advertisement:

Ad
Ad

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । 

 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।