२०८२ असार २७ गते
काठमाडौं । एक महिनादेखि जारी आन्दोलन स्थगित गर्दै सुनचाँदी व्यवसायीहरुले शुक्रबारदेखि पसल नियमित रूपमा खोल्ने घोषणा गरेका छन्।
सरकारसँग बिहीबार भएको वार्तापछि ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो। सहमति अनुसार, सुन तथा गहनामा लागाइएको २प्रतिशत विलासिता कर र १३प्रतिशत भ्याटबारे अध्ययन गर्न कार्यदल गठन हुनेछ, र प्रतिवेदन नआएसम्म नयाँ करहरू लागू नहुने बताइएको छ।
सुन आयात, बिक्री वितरण, र कार्यविधि सुधारलगायत विषयमा पनि सहमति भएको छ। सहमतिपत्रमा सरकारी अधिकारी र व्यवसायी प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया