२०८३ वैशाख ०३ गते
काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो लागेको छ। यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढ्दा चाँदी पनि तोलामा ३० रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ३ लाख २ हजार ७०० रुपैयाँमा थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार २५० रुपैयाँ पुगेको छ। बुधबार चाँदी ५ हजार २२० रुपैयाँमै कारोबार भएको थियो।
प्रतिक्रिया