भाग्दै गर्दा सुनौली भन्सारबाट पक्राउ परे सुलभ अग्रवाल,बुवाको ह्वाट्सएपबाट आत्मसमर्पण गर्न दिइएको थियो निर्देशन

२०८२ चैत २१ गते

भाग्दै गर्दा सुनौली भन्सारबाट पक्राउ परे सुलभ अग्रवाल,बुवाको ह्वाट्सएपबाट आत्मसमर्पण गर्न दिइएको थियो निर्देशन

काठमाडौँ । बिचौलिया दीपक भट्टसँग 'नेक्सस' रहेका व्यापारी सुलभ अग्रवाललाई प्रहरीले नेपाल भारत सीमाना सुनौली भन्सारबाट पक्राउ गरेको छ । सरकारले सम्पत्ति शुद्धिकरण मुद्दा अन्तर्गत बिचौलिया दीपक भट्टलाई पक्राउ गरेपछि शुक्रबार साँझ मात्रै शंकर ग्रुपका अध्यक्ष एवं सुलभका पिता शंकर अग्रवाल पक्राउ परिसकेका छन् । उनी पक्राउ परेपछि भट्ट्को व्यापारिक साझेदारका रुपमा रहेका शंकरका छोरा सुलभ अग्रवाललाई पनि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो सोही अनुरुप सुलभलाई प्रहरीले पक्राउका लागि सर्च अपरेसन चलाएको थियो । सुलभलाई प्रहरीले तारन्तार फोन सम्पर्क गर्न खोजेपनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

भाग्दै गर्दा सुनौली भन्सारबाट पक्राउ परे सुलभ
 

Advertisement:

Ad
Ad

सरकारले सुलभ अग्रवाललाई पनि अनुसन्धानको राडारमा राखेपछि उनको सूचना जारी गरी शुक्रबारै पासपोर्ट रोक्का गरेको थियो ।पासपोर्ट रोक्का भएपछि प्रहरीको फन्दामा पर्ने डरले सुलभ भैरहवा हुँदै भारततर्फ भाग्ने तरखरमा थिए । प्रहरीले यता आफ्नो नियन्त्रणमा रहेका बुवा शंकरको ह्वाट्सएप मार्फत छोरा सुलभलाई सम्पर्क गर्न लगायो । बुवा शंकरको म्यासेजमा प्रतिक्रिया दिएका सुलभलाई बुवा शंकरले प्रहरीबाट जोगिन नसकिने बरु आत्मसमर्पण गर्दा उपयुक्त हुने सुझाव दिए । बुवाको सुझावपछि सुलभले प्रहरीलाई सम्पर्क गरी आफू भैरहवामा रहेको बताए र त्यहीबाट उनी पक्राउ परे ।प्रहरीले यतिखेर सुलभलाई काठमाडौँ ल्याएर अनुसन्धान गरिरहेको छ ।

 

बालेन्द्र साह नेतृत्वको सरकार गठन भएलगत्तै सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा संकास्पद व्यापारीहरु धमाधम पक्राउ परेका छन् ।हालसम्म विभिन्न मुद्दामा जोडिएका ६ जना पक्राउ परिसकेका छन् ।