रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

२०८३ वैशाख १२ गते

रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

काठमाडौँ । काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ।

पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो।यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

Advertisement:

Ad
Ad

उनका अनुसार ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ।नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ। ​खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि राख्ने भएको छ।उनले नक्कली सुकुम्बासीको हकमा भने विकल्प नदिइने र त्यसको विवरण सार्वजनिक गर्ने बताइन्।