सुकुमबासी बस्तीमा आजदेखि डोजर चलाइने,बस्ती खाली गरिँदै

२०८३ वैशाख १२ गते

सुकुमबासी बस्तीमा आजदेखि डोजर चलाइने,बस्ती खाली गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरभित्र आज (शनिबार) देखि सरकारले सुकुमवासी बस्ती हटाउन थाल्ने भएको छ।

सुकुमवासी बस्ती हटाउन डोजरसहित सुरक्षाकर्मीको टोली सुरुमा थापाथली जानेछ र त्यसपछि सिनामंगल पुग्नेछ।

Advertisement:

Ad
Ad


सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो।

यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो। अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो।

कतिपयले भने शुक्रबारै बस्ती छाडिसकेका छन्।