सोलिडकोर ब्याट्री र हाइलिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ स्मार्ट बन्दै

२०८२ चैत २३ गते

सोलिडकोर ब्याट्री र हाइलिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ स्मार्ट बन्दै

काठमाडौँ ।एमजी माटर्सले नयाँ प्रविधिसहितका हाइब्रिड र विद्युतीय सवारी साधन विकास गरिरहेको जनाएको छ। कम्पनीका अनुसार आगामी दिनमा गाडीहरू अझ शान्त, स्मार्ट र ऊर्जा दक्ष बन्नेछन्।

एमजीले “हाइब्रिड प्लस” नामको नयाँ प्रणाली विकास गरिरहेको छ, जसमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ। यो प्रविधि जर्मनीको फ्रन्कफर्टस्थित इन्जिनियरिङ केन्द्रमा तयार भइरहेको हो। यो प्रणाली पहिलोपटक ःएमजी एस नाइन प्लग इन हाइब्रिडमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ।

Advertisement:

Ad
Ad

कम्पनीका वरिष्ठ इन्जिनियर क्यू जीका अनुसार नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार पटकसम्म घुम्न सक्छ। यसले गाडीको शक्ति र दक्षता दुवै बढाउनेछ भने पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरबीच शक्ति वितरण अझ सहज बनाउनेछ।

“हाइब्रिड प्लस” प्रणालीमा डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ, जसले गाडीभित्रको कम्पन कम गरेर यात्रा थप आरामदायी बनाउँछ। सेन्सरहरूले कम्पन पत्ता लगाएर मोटरमार्फत त्यसलाई नियन्त्रण गर्ने भएकाले गाडी अझ शान्त हुने दाबी गरिएको छ।

यस प्रणालीलाई सहयोग गर्न एमजीले ठूलो क्षमताको १.८३ किलोवाट घण्टाको ब्याट्री पनि प्रयोग गर्नेछ। यसका कारण नयाँ हाइब्रिड मोडेलहरू पुराना भन्दा अझ स्मूथ, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस्तै, एमजीले आफ्ना विद्युतीय गाडीमा ““semi-solid-state”” प्रविधिमा आधारित “सोलिडकोर” ब्याट्री पनि ल्याउने तयारी गरेको छ। यो नयाँ ब्याट्री यस वर्ष युरोपमाMG4 Electric को उच्च संस्करणमा प्रयोग हुन सक्ने बताइएको छ।

यो ब्याट्री करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थबाट बनेको हुन्छ, जसले परम्परागत लिथियम(आयन ब्याट्रीभन्दा बढी ऊर्जा सञ्चय गर्न सक्छ। यसको अर्थ गाडीले एकपटक चार्ज गर्दा अझ लामो दूरी तय गर्न सक्नेछ। साथै, छिटो चार्ज हुने र फरक–फरक तापक्रममा राम्रो प्रदर्शन गर्ने क्षमता पनि यसमा हुनेछ।

सुरक्षाको हिसाबले पनि यो ब्याट्री महत्वपूर्ण मानिएको छ। सामान्य ब्याट्रीमा क्षति हुँदा आगलागीको जोखिम बढी हुन्छ, तर एमजीका अनुसार “सोलिडकोर” ब्याट्रीमा दवाब वा प्वाल पर्दा पनि आगो वा स्पार्क उत्पन्न हुँदैन।

यी सबै नयाँ प्रविधिमार्फत एमजीले भविष्यका गाडीहरूलाई अझ शक्तिशाली, शान्त, सुरक्षित र ऊर्जा दक्ष बनाउने लक्ष्य लिएको जनाएको छ।