स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, शुक्रबारदेखि कारोबार सुरु हुने

२०८३ असार ११ गते

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, शुक्रबारदेखि कारोबार सुरु हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेड (SNORL) को कुल ९३ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ। सूचीकृत शेयरमध्ये १८ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई जारी गरिएको आईपीओ र ७५ लाख कित्ता संस्थापक शेयरधनीको लगानी रहेको छ।

 

Advertisement:

Ad
Ad

कम्पनीको शेयर अब शुक्रबार स्पेशल प्रि-ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। कम्पनीको शेयर ‘SNORL’ टिकर संकेतमार्फत कारोबार हुनेछ।