सिंहदरबारमा जेनजीको अनावश्यक प्रवेश हुन थालेपछि सुरक्षा व्यवस्थामा कडाई (तस्विरहरु)

२०८२ मंसिर १० गते

सिंहदरबारमा जेनजीको अनावश्यक प्रवेश हुन थालेपछि सुरक्षा व्यवस्थामा कडाई (तस्विरहरु)

काठमाडौँ । जेनजीका विभिन्न समूहले दिनहुँ जसो हुल हुज्जत गरी सिंहदरवारमा छिर्ने प्रयास गरेपछि सिंहदरबार प्रवेश द्वारमा विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।प्रहरीसँगै दक्षिण गेटमा सेना समेत तैनाथ गरिएको छ । 

 

Advertisement:

Ad
Ad

 विभिन्न माग राखी जथाभावी जेनजीका नाममा प्रवेश गर्नेहरुले मन्त्रालयमा अवाञ्छित गतिविधी गर्ने र अनावश्यक मन्त्रीहरुलाई दबाव दिन थालेपछि मन्त्रालयको प्रवेश द्वारमा प्रहरीको चेकिङ कडा पारिएको गेटमा तैनाथ एक सुरक्षाकर्मीले बताए ।सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजीहरु सिंहदरवारमा प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउन खोज्दा प्रवेश नपाएपछि मंगलबार हुलदंगामा उत्रिएका थिए । 

सिंहदरवार मूल गेटमा तैनाथ सुरक्षाकर्मीका तस्विरहरु -