२०८२ मंसिर ०४ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न आज दिउँसो २स्३० बजे सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।
यसअघि हिजो साँझ गृह मन्त्रालयमा पनि सुरक्षा परिषद्को बैठक बसेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले आज बिहान सुरक्षा निकायका प्रमुखहरूसँग अलगै बैठक गरेका थिए।
बुधबार जेनजी युवाहरूले एमाले नेताहरूको आगमन विरोधमा सिमरा विमानस्थल क्षेत्रमा तोडफोड र आगजनी गरेका कारण स्थिति बिग्रिएपछि कर्फ्यु आदेश जारी गरिएको थियो। आज पनि तनाव बढेपछि पुनः कर्फ्यु लगाइएको छ। घटनाले ध्यानाकर्षण गर्दै शान्ति–सुरक्षा बलियो बनाउन मानव अधिकार आयोगले आग्रह गरेको छ।
प्रतिक्रिया