किन पक्राउ परे व्यवसायिक घराना गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा ? यस्तो छ उनीमाथि लागेको आरोप

२०८३ वैशाख ११ गते

किन पक्राउ परे व्यवसायिक घराना गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा ? यस्तो छ उनीमाथि लागेको आरोप

काठमाडौँ । बिचौलिया दीपक भट्ट र उनको व्यवसायमा गैरकानुनी साझेदारी गरेको कसुरमा सीआइबीले बिहीबार साँझ गोल्छा ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्यो ।

 

Advertisement:

Ad
Ad

सेयर तथा धितोपत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको हालै जारी एक प्रतिवेदनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ । 

 

गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि बिहिबार नियन्त्रणमा लिइएको हो ।साइबर ब्युरोका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि  बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । 

 

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको बुझिएको छ ।